‘गुठी विधेयक पुनः पेश गर्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी विधेयक फिर्ता गर्न नहुने बताएका छन् । ‘विधेयक वर्षौँदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिश र सामन्तहरुले चलखेल गरे,’ उनले भने ।

भक्तपुर नगरपालिकाको पाँचौ नगर सभा उद्घाटन गर्दै नेता बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका गुठाधिशले नागरिकमा गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए । 

उनले फिर्ता लिन नहुने गुठी विधेयक सरकारले फिर्ता गर्नै हुँदैनथ्यो समेत भने । उनले तत्काललाई फीर्ता लिएपनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई सुझाव दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved