गोरखापत्र संस्थानले आफुसंग भएका पुराना सामानहरु लिलाम गर्नको लागि बोलपत्र आह्वान गरेको छ । संस्थानले फर्निचर , कम्पुटर लगायतका सामानहरु जे जस्तो अवस्थामा छन्, सोहि अनुसार खरिद गर्नको लागि बोलपत्र आह्वान गरेको हो ।
संस्थानले १५ दिन भित्र आफुले खरिद गर्न चाहेको मूल्य सहित शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कसैले यी सामान हेर्न चाहेमा संस्थानको कार्यालयमा रहेको भण्डार शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
संस्थानले ५३ थान फर्निचरको मूल्य न्युनतम भ्याट बाहेक १२ हजार २० रुपैयाँ कायम गरेको छ । त्यस्तै २५ थान कम्प्युटर, ३ थान लेजर प्रिन्टर, युपीएस ४ थान सहितका सामानको न्युनतम मूल्य भ्याट बाहेक ८१ हजर ३ सय १५ रुपैयाँ तोकेको छ ।
त्यस्तै विभिन्न १६ थान समानको न्युनतम मूल्य भ्याट बाहेक ६ सय ९२ रहेको छ । ३ सयमा शिलबन्दी बोलपत्र फारम खरिद गरी १० हजार धरौटी राखेर बोलपत्र पेश गर्न संस्थानले आग्रह गरेको छ ।
यस्ता छन् लिलामीका समानहरु: