गर्लफ्रेण्ड भेट्न गएका युवकको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 08:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत बिराजीको युवाको समूहको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । सोमबार राति कुटपिटबाट घाइते भएको अवस्थामा प्रहरीले राजविराज–६ खर्साल टोलबाट उद्धार गरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना गराएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि आज बिहान नोबेल अस्पताल विराटनगर पु¥याइएको र उनको आज दिउँसो मृत्यु भएको मृतकका बुबा उपेन्द्र यादवले जानकारी दिए । मृतकका बुबाले हत्यामा संलग्न भएको आरोपमा आज अपरान्ह नौ जना विरुद्ध उजूरी दिनुभएको छ । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा आजै शव परीक्षण भई आजै शव ल्याउने तयारी भइरहेको बताइएको छ ।

बिराजीलाई आफ्नो केटी साथी भेटन खर्साल टोल गएका बेला सोमबार राति स्थानीय युवाहरुले कुटपिट गरेको बताइएको छ । हत्याबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको प्रहरी उपरीक्षक यादवले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved