काभ्रेमा युवतीबाटै महिलामाथि सिरिन्ज आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 06:07:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बनेपामा एक महिला माथि सिरिन्ज आक्रमण भएको छ । बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा बस्दै आएकी ३४ बर्षीय महिला माथि सिरिन्ज आक्रमन भएको हो । सिरिन्ज आक्रमण भएको भन्दै उनले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् 

उनले एक युवतीले नै आफुलाई सिरिन्ज प्रहार गरेको बताएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी उनले बताएकी छिन्।

सिरिन्ज हानेको ठाउँमा दुखेको, हात मर्काउँदै एक्सरसाईज गर्दा झन् दुखेको उनले बताएको छिन् । मेडिकलवालाले  सियो घोपेको जस्तो देखियो भनेपछि आफु आतिएँको उनले बताइन ।

राजधानीमा ५ जनाले आफु माथि सिरिन्ज आक्रमण भएको भन्दै ५ जनाले प्रहरी समक्ष उजुरी दिएका छन्  ।राजधानी बाहिर भने पहिलो पटक यस्तो घटना देखिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved