मनसुन देशैभर सक्रिय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 12:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्षभन्दा १० दिन ढिलो गरी भित्रिएको मनसुन बिहीवारदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको मौसम पूर्वानुमान  महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

उनका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । बिहीवार देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

‘पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरुमा मनसुन कम सक्रिय भएको महाशाखाका मौसमविद् बासीले बताइन् । राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved