‘मन्त्री फेर्ने हल्ला निराधार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 04:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री फेर्ने हल्ला निराधार भएको टिप्पणी गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरु सबै इमानदार भएको दाबी गर्दै तैपनि प्धानमन्त्रीले मूल्याङ्कन गरिहेको हुनसक्ने बताए । मन्त्री फेर्ने नफेर्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उनको भनाई छ । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले मन्त्रीमण्डल फेरबदलको कुरा कहिलेकाहीँ चल्नु सामान्य भएपनि निरन्तर चलिरहनुलाई सामान्य रुपम ालिन नसकिने बताए । मन्त्रीहरूले इमानदार रहेको दोहोर्याउदै बास्कोटाले भने, ‘एउटै कक्षामा पढेका विद्यार्थीको पनि समान क्षमता हुँदैन, मन्त्रीहरूको पनि उस्तै हो । प्रधानमन्त्री ज्यूले मूल्याङ्कन गर्नुभएकै होला ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved