'सिरिन्ज आतंक' मच्चाएको आरोपमा एक युवा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट जथाभावी सूई घोच्दै हिड्ने ३० वर्ष सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीले आफुले सिरिन्ज नभइ किलाले युवतीलाई घाेचेर भाग्ने गरेको वयान दिएका छन्। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्। रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्।
प्रहरीले दिउसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ।