यी हुन् युवतीमाथि सिरिन्ज प्रहार गर्ने युवक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 10:58:10 AM मा प्रकाशित

laxmi  sunrise bank

युवतीमाथि सिरिन्ज आक्रमण गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बिहिबार राती पक्राउ परेका सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण हुँदै आएको छ ।

पक्राउ परेका कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको तर किला÷काँटीले रमाइलोका लागि युवतीलाई घोच्ने गरेको स्वीकार गरेका छन् । उनले ढल्कु र पकनाजोल घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । 

काठमाडौ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले भने, ‘उनले सिरिन्जले हानेको नभई सुरु सुरुमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।’ कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्ने र राति होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाँदा बाटोमा माहिलामाथि आक्रमण गर्थे । 

प्रहरीले अनुसन्धानको क्रममा घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । कार्कीको घर रामेछाप भएको खुलेको छ ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने भन्दै पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved