सरकारले भेडा मरेमा किसानलाई भेडा नै क्षतिपूर्ति दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 08:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरेको हो ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका थिए । उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले आग्रह गरे ।

दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए । भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । उनिहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved