धान उत्पादन घट्न सक्ने, आर्थिक वृद्धिको लक्ष्यमा धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 11:36:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार १५ अथवा राष्ट्रिय धान दिवस । सरकाले विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । मध्य असारमा पनि पानी पर्याप्त नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने किसान मर्कामा छन् । पानी नहुँदा रोपाइँ गर्न नपाएका कृषकहरुलाई भने असार १५ खल्लो भएको छ । एकातिर वर्ष नहुनु र अर्कोतिर रासायनिक मलको अभावले कृषकहरु चिन्तत छन। 

सरकारले बर्दियाको राजापुरमा विशेष कार्यक्रमको अयोजना गरेर राष्ट्रिय धान दिवस मनाइरहेको छ । असारको आधार महिना वितिसक्दा पनि मनसुन सक्रिय हुन नसक्दा देशभर ११ प्रतिशत खेतीयोग्य जमिनमात्र रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिसम्म १५ प्रतिशतभन्दा बढी रोपाइँ भईसकेको थियो । 

सरकाले तामझाम गरेर धान दिवस मनाइरहेको छ । तर मलको अभाव तथा समयमा वर्षात् नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यतामा रहेका किसानहरु चिन्तित छन् । सरकार स्वयम्ले पनि आगामी वर्ष धानको उत्पादन घट्न सक्ने बताईसकेको छ । 

आर्थिक वृद्धिमा प्रमुख महत्व राख्ने कृषि र त्यसमा पनि सबैभन्दा ठुलो हिस्सा ओगटेको धानको उत्पादन घट्दा सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत धक्का लाग्ने देखिन्छ । चालु आर्थिक वर्षमा ९ प्रतिशले धानको उत्पादन बढेको थियो भने आर्थिक वृद्धि ६.८ प्रतिशत हुने सरकारको सरकारको अनुमान रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा करिब ७० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ५५ लाख मेट्रिक टन धान उत्पादन भएकोमा सरकाले लिएको उत्पादन लक्ष्य भेट्न १५ लाख मेट्रिक टनले धान उत्पादन बढ्नुपर्ने देखिन्छ ।

जलस्रोतको दोस्रो धनी देश नेपालमा भएको पानी खेर गईरहेको अवस्थामा कृषक भने कषि उत्पादनको लागि वर्षात्को पानीमा निर्भर हुनुपर्ने वाध्यता छ । असार १५ सम्म आउँदा पनि नेपालका केही भागमा मात्र मनसुन सक्रिय रहेको छ । धेरैजसो ठाउँमा सामान्य बदली बाहेक पर्याप्त पानी परेको छैन । जसका कारण ११ प्रतिशत भुभागमा रोािएको धान पनि खेत फुुटेर सुक्न लागेको छ । 

नेपालले केही दशक अगाडीसम्म धान निर्यात गर्दथ्यो । नेपालले २०४० को दशकको अन्त्यसम्म धान निर्यात गर्ने गरेको कृषी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर चालु आर्थिक वर्षमा मात्र नेपालले २५ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङक छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved