ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 01:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका –११ मा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन् । 

ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरुको पहिचान हुन सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved