सवारी साधन नविकरणमा ढिला गरे १०० प्रतिशत जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 04:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले यातायातका साधन दर्ता/नविकरणमा एक दिन मात्रै ढिलाई गरे पनि १०० प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातसँगै प्रदेश सरकारले यस्तो नियम लागु गरेको हो ।

अब आर्थिक बर्ष २०७५/०७६ मा नविकरण नभएका सवारी साधनका धनीले दोब्बर जरिवाना बुझाएर मात्रै नविकरण गर्न पाउने छन् । 

प्रदेश सरकारले पारित गरेको गत आर्थिक बर्ष र यस बर्षको आर्थिक ऐनमा प्रदेशको सवारी दर्ता नियम प्रचलित कानून अनुसार हुने भनिएको छ । तर केन्द्र सरकारले सवारी साधन दर्तामा तीन महिना छुट र ३० प्रतिशत जरिवाना मात्रै गर्दै आएको छ । प्रदेश सरकारले भने केन्द्रकै नीतिलाई पन्छाएर आफ्नो छुट्टै नीति लिएको छ । 

३ नम्बर प्रदेश सरकारको यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल स्वयम्ले लिएका छन् । 

प्रदेशले तोेकेको दर्ता/नविकरण दस्तुरः 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved