सुनको भाउ ७० हजार नाघ्न सक्ने, यस्ता छन् कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 05, 2019 | 11:35:58 AM मा प्रकाशित

laxmi sunrise bank

सुनको भाउ इतिहाँसकै महङ्गो भएको छ । सोमबार सुन इतिहाँसमै पहिलोपटक एकैचोटी १५ सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ६६ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार एक्कासी ६७ हजार ८ सय रुपैयाँ पुग्यो । तेजाबी सुन पनि प्रतितोला ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य सुनको भाउले दैनिक जसो नयाँ रेकर्ड बनाउने संकेत गर्छन् । अमेरिकासँग इरान र उत्तर कोरियाको आणविक विवादका कारण अन्तराष्ट्रिय बजारमा केही दिनदेखि महङ्गिएको सुनको भाउ नेपाली बजारमा पनि आकाशिएको छ । यसको पछिल्लो कारण भने अमेरिका र चीनबीचको व्यापार युद्ध हो भन्छन् व्यवसायीहरु ।

महासंघका उपाध्यक्ष शाक्य सुनको भाउ प्रतितोला ७० हजार नाघ्ने बताउँछन् । ‘एकैदिन १५ सयले बढ्यो, यो क्रम अझै केही दिन रहन्छ’ उनले भने, ‘सुन यसपाली तोलाको ७० हजार नाघ्न सक्छ ।’ 

अन्तराष्ट्रिय बजारमा शक्ति राष्ट्रहरुबीच व्यापार युद्ध चुलिएका कारण सुनमा लगानी बढेको छ । व्यापारमा देखिएको असमझदारीका कारण सेयरको मूल्य घट्ने भएकाले अन्तराष्ट्रिय लगानीकर्ताले सुरक्षाका लागि सुनमा लगानी गर्ने गरेका छन् । 

जर्मन सरकारले जारी गरेको ऋणपत्रका कारण पनि सुनमा लगानी बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसले गर्दा पनि सुनको भाउ बढेको अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved