चिनिया ह्याकरको कब्जामा बैंकको सिस्टम, नबिलको एटिएमबाटै निकालियो लाखौँ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 07:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएमबाट पैसा निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्ने क्रममा ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । उनीहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

स्रोतकाअनुसार, पैसा निकाल्ने केहि व्यक्ति पक्राउ परेपनि गिरोहका केहि भने अझैं फरार छन। नबिल बैंकबाट ठुलो मात्रामा पैसा झिकिएको अनुमान गरिएको छ, यद्दपी यसबारे अहिले अनुसन्धान भैरहेकाले यकिन तथ्यांक भन्न नसकिने बैंकले जनाएको छ।

नेपालमा केहि बैंक वित्तीय संस्थाले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई ह्याक गरेको खुल्न आएको छ। हाल नेप्समा ११ बाणिज्य बैंक र ७ विकास बैंक आबद्द छन भने नेप्समा १५ बैंक वित्तीय संस्थाको लगानी छ। यसको संचालक समितिको अध्यक्षता सनराइज बैंकले गरेको छ भने अन्य ७ बाणिज्य बैंक सदस्य छन।

नेप्सले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिने गर्दछ।

प्रारम्भिक अनुसन्धानमा ह्याकरले दुई बैंकको प्रणाली नै ह्याक गरेको देखिएको छ भने ६ वटा बैंकबाट पैसा झिकिएको पाइएको छ। कुन कुन बैंकको कुन कुन प्रणाली ह्याक गरेर पैसा झिकिएको भन्ने बारे अध्ययन भईरहेको नेपाल बैंकर संघले जनाएको छ।  


     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved