मन्त्री हेरफेर बारे यसो भन्छन् उपप्रधानमन्त्री पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 06:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाएका हुन ।

तर उनले यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय बह्येको बताए । उनले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved