भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीच कडा टक्कर देखिएको छ।
देबी ज्ञवाली र रेणु दाहालबीच अब मात्र ४ मतको अन्तर रहेको छ। वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।
२० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर ४ रहेको छ। देबी ज्ञवालीलाई ४२ हजार ४१८ मत प्राप्त भएको छ भने रेणु दाहाललाई ४२ हजार ४ सय १४ मत प्राप्त भएको छ।
पछिल्लो समय निरन्तर लिड गर्दै आएकी रेणुको सम्भावना बढ्दै गएको छ भने एमालेले आफ्नो पकड भएको क्षेत्र गन्न अर्झै बाँकी रहेका कारण निरास हुनु नपर्ने बताएको छ।
यस अघि:
भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी
भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी
भरतपुर अपडेट: अहिलेसम्म २ हजार ४ सय १० मत गणना,वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी
भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी
भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी
भरतपुर महानगरपालिकाको मतगणना सुरु