डीपीएल : महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण स्थगित

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 02:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ । 

बुधबार मध्यान्ह १२ः३० बजेबाट सुरु भएको खेल पानी परेपछि बिहीबारलाई सारिएको छ । टस जितेर काठमाडौं गोल्डेन्सले फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङको निम्तो पाएको थियो । महेन्द्रनगरले दुई ओभरमा ८ रन बनाएको थियो । 

काठमाडौं पहिलो क्वालिफायर्समा घरेलु टिम तथा साविक विजेता टिम चौराह धनगढीसँग एक विकेटले पराजित भएको थियो । महेन्द्रनगरले सीवाईसी अत्तरियालाई १५ रनले हराउँदै क्वालिफायर्समा पुगेको हो । लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा छ । बिहीबारको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहसँग खेल्नेछ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved