क्यानको साधारणसभा ६ र ७ गते, आईसीसीले गर्यो स्वागत, होला त निलम्बन फुकुवा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 03:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते हुने भएको छ । विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गर्नेछ । सल्लाहकार समितिले बनाएको विधान साधारणसभाले हुबहु अनुमोदन गरे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानको निलम्बन फुकुवा गर्ने छ ।  यसअघि सल्लाहकार समितिले बनाएको विधान क्यानले अनुमोदन गर्नुको सट्टा संशोधन गरेपछि आईसीसी रुष्ट बनेको थियो । फेरी पनि विधान संशोधन गरेको खण्डमा आईसीसीले सदस्यताबाटै खारेज गर्न सक्छ । 

साधारणसभाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निलम्बित निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटले निकास पाउछ भने आफुहरू जुनसुकै हद पार गर्न तयार रहेको बताएका छन् ।

क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटिमा ५ सदस्य रहने छन् । आईसीसीको प्रतिनिधि ३, राखेप र निर्वाचित क्यनको समान १–१ जना प्रतिनिधि सदस्य रहने छन् । क्यानको अहिले ३७ जिल्लामा निर्वाचन भइसकेको छ । मनिटरिङ कमिटिले आवश्यकताअनुसार पुनः निर्वाचन सक्नेछन् । 

उता आईसीसीले क्यानले विशेष साधारणसभाको सवागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved