साफ च्याम्पियन्ससिप: नेपाल र आयोजक बंगलादेश एकै समुहमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 10:32:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी सेप्टेम्बरमा बंगालादेशमा हुने साफ च्याम्पियन्ससिपमा नेपाल र बंगलादेश एकै समूहमा परेका छन्   आज बंगलादेशमा भएको ड्र मा नेपाल समुह ए मा परेको हो   नेपाल संगै समुह ए मा आयोजक बंगलादेश, पाकिस्तान, र भुटान परेका छन्   त्यस्तै समुह बि मा भारत , माल्दिभ्स र श्रीलंका परेका छन्   

दुवै समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्   

यस अघिको संस्करण सन् २०१५ मा भारतमा भएको थियो त्यस समय अफगानिस्तानलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो  नेपाल भने भारत र श्रीलंकासंग पराजित हुदै समुह चरणबाट नै बाहिरिएको थियो  

२०११ मा नेपालमा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो   

भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो  । भारत हालसम्म ७ पटक बिजेता बनेको छ भने ३ पटक उप बिजेता बनेको छ  । त्यस्तै माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले समान १-१ पटक उपाधि जितेका छन्  । पाकिस्तान , नेपाल र भुटानले हालसम्म उपाधि जित्न सकेका छैनन्  । 

यस पटकको प्रतियोगिता सेप्टेम्बर ४ देखि १३ सम्म बंगलादेशको बंगबन्धु रंगशालामा हुनेछ  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved