क्रिकेट खेलाडी करण केसी र हरि चौहान राष्ट्रिय सेवा अवार्डबाट सम्मानित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 06:40:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले 'स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान' राष्ट्रिय क्रिकेट टोलिका तिब्र बलर करण केसीलाई प्रदान गरेको छ। 

शनिबार खेलकुद पत्रकार मंच त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा केसीलाई सम्मान स्वरूप १ लाख रुपैयाँ प्रदान गरिएको हो। यस्तै इमर्जिङ प्लयेरको रुपमा गण्डकी प्रदेशका युवा क्रिकेटर हरि चौहान छेत्रीलाई २५ हजार रुपैयाँले सम्मान गरिएको छ। 

गत वर्ष नामिबियामा भएको आइसिसी डिभिजन–२ मा करण केसीको अभूतपूर्व प्रदर्शनको बलमा नेपालले डिभिजन–१ को यात्रा तय गरेकाले आफ्ना सदस्यहरु मार्फत सहयोग उठाएर केसीलाई सम्मान गरिएको एनसिएसएसले जनाएको छ। त्यस्तै प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाले हरि चौहानलाई इमर्जिंङ प्लेयरको रुपमा सम्मान प्रदान गरिएको हो।

त्यसैगरि एनसिएसएसका भोलेन्टियर सदस्यमध्ये महेन्द्र गुरुङलाई पनि सम्मान गरिएको छ। एनसिएसएसमा आफ्नो समय र सहयोग गर्ने  सदस्यमध्ये गुरुङलाई प्रशंसा पत्रले सम्मान गरिएको छ।    

एनसिएसएसका तत्कालिन कोषाध्यक्ष प्रमोद बज्राचार्यको ४ महिनाअघि ब्रेन ह्याम्रेजका कारण युवा उमेरमै निधन भएको थियो। त्यसैले उनको सम्झनामा पुरस्कार प्रदान गरिएको हो। 

एनसीएसएसले आफ्ना स्वर्गीय सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा सदस्यहरुबाट रकम संकलन गरी खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो। एनसीएसएसले सदस्यबाट १ लाख ३४ हजार ३५ रुपैयाँ संकलन गरेको थियो। जसमा १ लाख २५ हजार सम्मानमा, २ हजार ब्यानर र डमि चेकमा,  ३ सय पानीमा, ४ सय फ्रेममा र २ सय खादामा खर्च भएको जनाइएको छ। 

यस्तै ५ हजार सम्मान कार्यक्रमको रिफ्रेसमेन्टमा खर्च भएको छ भने बाँकी रकम ११ सय ३५ रुपैयाँ एनसिएसएसको  अक्षयकोषमा जम्मा गरिनेछ। कार्यक्रममा एनसिएसएस अध्यक्ष भानु सिग्देल, स्व प्रमोद बज्राचार्यको दिदी सन्जु बज्राचार्य, राष्ट्रिय क्रिकेट खेलाडी करण के सि र सोमपाल कामीको उपस्थिति थियो। कार्यक्रम पारदर्शी रुपले सम्पन्न भएकोमा एनसिएसएस सदस्यले अध्यक्ष सिग्देल सहितका टिमहरुलाई बधाई तथा धन्यबाद दिए। 






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved