च्याम्पियन्स लिग म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । युनाइटेड इटालियन जायन्ट युभेन्ट्ससँग १-० गोलले पराजित भएको हो।
खेलको १७ औ मिनेटमा पाब्लो ड्याबालाले गरेको गोल नै एक मात्र निर्णायक गोल बन्यो । यो जितसँगै युभेन्ट्सले लिग चरणका तीन खेलमा शतप्रतिशत जित निकाल्दै ३ खेलमा ९ अंक जोड्न सफल भएको छ । युनाइटेडको भने एक जित र १ बराबरीपछि चार अंकमात्र रहेको छ ।
अन्य खेलमा रियल म्याड्रिड, रोमा, म्यानचेस्टर सिटी बिजयी भएका छन् । लिग अन्तर्गत आज राती ८ खेल हुदै छन् ।