नेपाल र कतारबीच फुटबल विकासमा सहकार्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 09:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको फुटबल विकासका लागि कतारले सहयोग गर्ने भएको छ। यस सम्बन्धि सम्झौतामा कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसन (क्युएफए) क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार दुई राष्ट्रबीचको विभिन्न कोर्षका लागि म्यानेजमेन्ट टिम, टेक्निकल टिम, प्रशिक्षक, रेफ्री र खेलाडीको आदान प्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसधन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ वटा कार्यमा दुई मुलुकबीच सहकार्य हुने छ। 

सम्झौता आगामी पाँच बर्ष सम्मका लागि भएको अध्यक्ष शेर्पाले जानकारी दिएका छन। कतारसंगको यस सम्झौताले नेपालको फुटबल विकासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि एन्फाले जापान फुटबल एसोसिएसन (जेएफए) सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ । 

कतारले सन २०२२ को विश्वकप आयोजना गर्दैछ। त्यसको तयारिको लागि कतारले फुटबल मैदान लगायत अन्य भौतिक पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved