मेस्सीको नाममा ‘दुर्लभ’ कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 10:48:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । गय राति बार्सिलोनाले जारी सिजनको घरेलु लिग ला लिगा जितेसँगै उनको नयाँ रेकर्ड बनेको हो ।

गय राति लिगको ३५औं साताको खेलमा बार्सिलोनाले लेभान्टेलाई घरेलु मैदानमा १–० हराउँदै जारी सिजनको लिग जित्यो । बार्सिलोनाले २६औं पटक लिग उपाधि जित्दा अर्जेन्टिनी मेस्सीले ६२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । दोस्रो हाफमा मात्रै मैदान छिरेका मेस्सीले क्लबको इतिहासमा सर्वाधिक धेरै घरेलु लिग जित्ने कीर्तिमान बनाए ।

लिग च्याम्पियन बनेसँगै मेस्सी १० पटक घरेलु लिग जित्ने खेलाडी बनेका छन् । उनी बार्सिलोनाको इतिहाँसमा ला लिगा मात्रै १० पटक जित्ने खेलाडी बनेका छन् । यसअघि मेस्सीसँगै पूर्वकप्तान आन्द्रे इनिएस्टाको नाममा समान ९–९ लिग उपाधि थिए ।

तर, इनिएस्टाले गत सिजन बार्सिलोना छोडेपछि मेस्सीले १० पटक लिग जितेर रेकर्ड बनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved