एसीसी यू–१६ को उपाधि नेपाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 02:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

थाइल्यान्डमा सम्पन्न खेलमा १४१ रनको लक्ष्य पाएको मलेसियाले ३४.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ रन र जिनेन्द्र मुरलीले १४ रन बनाए । 

नेपालका दीपक बोहराले तीन र विशालकुमार पटेलले चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved