मलेसिया विरुद्ध नेपालको विजयी सुरुवात, कप्तान पारसको किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 09:07:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया विरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय नेपालले जितेको छ। आज भएको खेलमा मलेशियालाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

मलेशियाले दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा  १८.३ ओभरमा ९ बल बाँकि रहदै भेट्टायो। नेपालको लागि कप्तान पारस खड्काले सर्बाधिक नट आउट ८६ रन हाने । कप्तान खड्काले ५० बलमा ५ छक्का र ८ चौका सहित ८६ रन बनाएका हुन् । पारसले यस अघि सुबास खकुरेलको नाममा रहेको रेकर्ड समेत तोडेका छन् । पारसले नेपालको तर्फबाट  टी २० अन्तर्राष्ट्रियमा सर्बाधिक स्कोरको कृतिमान आफ्नो नाममा बनाएका हुन्। यस अघि यो रेकर्ड खकुरेलको नाममा थियो, उनले बनाएको ५६ रन नै नेपालको तर्फबाट उच्च व्यक्तिगत स्कोर थियो ।

खेलमा शरद भेषवाकरले नत आउट १६ रन बनाए भने ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र प्रदिप ऐरीले दोहोरो अंकको रन बनाउन सकेनन । 

मलेशिया सस्तैमा समेट्ने क्रममा करण केसीले सर्ब्दाहिक ३ तथा बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २-२ र सोमपाल कामीले एक विकेट लिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved