फिफा बरियतामा खस्कियो नेपाल, शिर्षमा बेल्जियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 02:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा बरियतामा नेपाल खस्किएको छ  ।  विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको पछिल्लो बरियता अनुसार नेपाल ६ स्थान तल झरेको हो  । नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै १६७ औ स्थानमा पुगेको हो  । नेपालको कुल अंक ९८८ अंक रहेको छ  ।

छिमेकि मुलुक भारत पनि २ स्थान तल झरेको छ  । भारत १०६ औ स्थानमा रहेको छ  । म्यानमार २ स्थाल तल झर्दै १४७ औ स्थानमा, अफगानिस्तान ३ स्थान तल झर्उदै १४९ औ स्थानमा छ  । त्यस्तै माल्दिभ्स १५४ औ स्थानमा छ  । दक्षिण एसियाली देश मध्ये भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान भने नेपाल भन्दा तल छन्  

विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ भने फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, र उरुग्वे  क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौ स्थानमा छन्  । छैठौ देखि १० औ वरियतामा क्रमश पोर्चुगल, क्रोएसिया, स्पेन,  अर्जेन्टिना र कोलम्बिया छन्  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved