अब नेपालको ३ वटा राष्ट्रिय टिम, पारस खड्का एउटामा मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 07:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेटको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको सिरिजका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ। क्यानले पहिलो श्रेणी, टी–२० र एकदिवसीय गरी ३ वटा टिम घोषणा गरेको हो।

तीनै टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। तीन वटै टिममा कप्तान ज्ञानेन्द्रसहित आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामी गरी ८ खेलाडीले स्थान पाएका छन्। पुर्व कप्तान पारस खड्का भने एउटा टिममा मात्र परेका छन्  । उनी एक दिवसिय टिममा रहेका छन् । 

कप्तान खड्काले यस अघिको टि २० मा सिंगापुर बिरुद्द शतक प्रहार गरेका थिए  । टोलीले टार्गेट चेज गर्दा कप्तानले शतक बनाएको रेकर्ड समेत खड्काले बनाएका थिए । तर पनि उनी टि २० टिममा परेका छैनन् । 

लन्डनको क्रिकेट क्लब एमसिसी शुक्रबार नेपाल आउदै छ । उक्त टोलीले नेपालसंग कात्तिक १८ गतेदेखि नेपालविरुद्ध ५० ओभर, टी–२० र तीनदिवसीय खेल खेल्दैछ।

यस्तो छ एमसिसीको भ्रमण तालिका

कात्तिक १८ गते – नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १९ गते – नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २१ देखि २३ सम्म – नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २४ गते – नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

यस्तो छ नेपाली टिम 







Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved