फिफा बरियतामा नेपाल फेरि खस्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 10:36:17 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ३ स्थान खस्किएको छ । यसअघि १६७ औं स्थानमा रहेको नेपाल नयाँ बरियतामा १७० औं स्थानमा पुगेको छ ।

दक्षिण एशियाली बरियतामा नेपाल भारत र माल्दिभस्भन्दा तल छ । माल्दिभ्स १५५ औं र भारत १०८ औँ स्थानमा छ । भारत पनि यसअघिको बरियतामा २ स्थान तल झरेको छ । 

नेपाल बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाभन्दा भने माथि छ । बंगलादेश पनि ३ स्थान तल झर्दै १८७ औं, भुटान १८९ औं, पाकिस्तान २०१ औँ र श्रीलंका २०५ औँ स्थानमा छन् । विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved