दक्षिण एसियाली खेलकदु (साग) को पुरुष फुटबलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल श्रीलंकासंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
नेपालले खेलको ३६ औं मिनेटमा पेनाल्टी गोल गर्दै खेलमा अग्रता लिएको छ । नेपालको लागि सुजल श्रेष्ठले पेनाल्टी मार्फत गोल गरेका हुन्। तर श्रीलंकाले इन्जुरी समयमा फ्रिकिकमार्फत् गोल गर्दै खेल बराबरीमा ल्होयाएको हो ।
बराबरीसंगै नेपालले दुई खेलबाट चार अंक भएको छ। पहिलो खेलमा नेपालले भुटानलाई ४ शून्यले पराजित गरेको थियो।