मेस्सीको कीर्तिमानी ह्याट्रिकमा मालोर्कामाथि बार्सा हाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 09:32:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी स्टार एव्म बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ३५ औं ह्याट्रिक पूरा गरेका छन् । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले मालोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले उनका प्रतिद्धन्दी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको नाममा ३४ ह्याट्रिक छ ।

घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले आफूले छैटौं पटक जितेको किर्तीमानी बालोन डिओर अवार्ड देखाएका थिए । त्यसपछि उनले ह्याट्रिक नै गरेर समर्थकको साथलाई बलियो बनाएका छन् । 

खेलको सातौं मिनेटमै एन्टोनी ग्रिजमनको गोलबाट बार्साले अग्रता बनाएको थियो । मेस्सीले १७ औं मिनेटमा ग्रिजमनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा मालोर्काका लागि एन्टे बुडिमिरले गोल फर्काए । ४१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र ४३ औं मिनेटमा लुइस सुअरजेले पहिलो गोल गरेपछि बार्सिलोने पहिलो हाफमै ४–१ को अग्रता बनायो ।

मालोर्काका लागि एन्टे बुडिमिमरले नै ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । मेस्सीले ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दै टिमलाई जित दिलाए । जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक बटुल्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरका आधारमा पछि परेको छ । रियलले शनिबार भएको खेलमा स्पानयोललाई २–० को अन्तरले हराएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved