सन्दिपले बिग ब्यास लिगको ६ खेल गुमाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 01:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने  डिसेम्बर १५ मा बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने भएका छन् । लामिछानेका टिम म्यानेजर रमन शिवाकोटीका अनुसार उनी डिसेम्बर १६ मा अस्ट्रेलिया पुग्ने छन् । 

शिवाकोटीका अनुसार १४ दिनको अनिवार्य क्वारेन्टाइन सकेपछि मात्र सन्दिपले आफ्नो टोलीसँग आवद्द हुने छन् । यस हिसाबमा सन्दिपले आफ्नो टिमको ६ खेल गुमाउने छन् । 

यस सिजन लामिछानेले होबर्ट हरिक्यान टिमबाट लिग खेल्ने छन् । यस अघिको २ सिजन मेलबर्न स्टार्सबाट खेलेका उनलाई स्टार्सले अनुबन्धन गरेको थिएन । त्यसपछि उनलाई होबर्टले अनुबन्धन गरेको हो । होबर्टका मुख्य  प्रशिक्षक एडम ग्रिफिथले सन्दिप धेरै सम्भावनायुक्त खेलाडी भएकोले उनको अनुबन्धन टोलीको लागि एक्स फ्याक्टर हुने बताएका छन् । सन्दिपले खेलको कुनै पनि चरणमा बलिङ गरेर आफ्नो रहस्यमयी स्पिनले खेलको दिशा नै परिवर्तन गर्न सक्ने मुख्य प्रशिक्षक ग्रिफिथले बताएका हुन् 

यस अघिका २ सिजनमा सन्दिपले २० खेल खेलेका थिए भने २६ विकेट लिएका थिए । होबर्टले अहिलेसम्म लिग जितेको छैन । सातौ सिजनमा फाइनल खेलेको होबर्ट उपविजेता मै सिमित भएको थियो । गत सिजन लिगमा चौथो हुदै प्ले अफ पुगेको होबर्ट एलिमिनेटरमा पराजित भएको थियो । 

प्रतियोगिता  आज बाट सरु भईसकेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved