साउदीलाई पछि पार्दै कतार बन्यो एसियन गेम्सको आयोजक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 06:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारले सन् २०३० को एशियन गेम आयोजना गर्ने भएको छ। ओमानको राजधानी मस्कटमा आयोजित प्रतिस्पर्धामा साउदी अरबलाई पछि पार्दै कतारले एसियन गेमको २१ औं संस्करण आयोजना गर्ने जिम्मेवारी हात पारेको हो।

ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले कतारको पक्षमा निर्णय सुनाउदै २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने घोषणा गरेका हुन्। 

कतारले यसअघि सन् २००६ मा पनि एसियन गेम प्रतियोगिता आयोजना गरिसकेको छ। उक्त प्रतियोगितामा १० हजार बढी खेलाडी र मिडियाकर्मीको उपस्थिति रहेको थियो। कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिता समेत आयोजना गर्दैछ। 

२१ औं संस्करण आयोजना गर्नबाट बन्चित साउदी अरबले भने २०३४ को २२ औं एसियन गेमको आयोजना गर्न पाउने भएको छ।  सन् २०२२ को प्रतियोगिता चीनले र २०२४ को प्रतियोगिता जापानले आयोजना गर्दैछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved