आजदेखि राष्ट्रिय महिला लिग फुटबल, उद्घाटन खेलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 09:33:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । दशरथ रंगशालामा उद्घाटन खेल मात्रै हुनेछ भने बाँकी खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छन् । प्रतियोगितामा तीन विभागीयसहित सात टिमबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । माघ २१ गतेसम्म चल्ने प्रतियोगीतामा चौदण्डिगढी नगरपालिका, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

लिगको विजेताले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने लिगमा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५०÷५० हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

फेयर प्ले समूहले थप १ लाख ५० हजार पाउनेछन् भने लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत पाउने आयोजकले जनाएको छ । 

गत वर्ष नै धरानमा हुने तय भएको यो राष्ट्रिय महिला लिग कोरोनाका कारण हुन सकेको थिएन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved