कोपा अमेरिकाः पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2021 | 09:22:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ । पेरूलाई ३–२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया कोपा अमेरिका २०२१ मा तेस्रो भएको हो । 

कोलम्बियाको जितमा लुइस डियाजले २ र जुवान क्वाड्राडोले १ गोल गरे । शनिबार बिहान ब्रासिलियामा भएको खेलको पहिलो हाफमा पेरुले १–० को अग्रता लिएको थियो । अन्तिम मिनेटमा योशिमर योटुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफ सुरु भएको ४ मिनेट अर्थात् ४९औं मिनेटमा कोलम्बियाका लागि क्वाड्राडोले बराबरी गोल फर्काए । डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई २–१ स्थितीमा ल्याए । तर, ८२औं मिनेटमा जियानलुका लापाडुलालले गोल गरेपछि खेल २–२ अवस्थामा पुग्यो । 

तर, इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बियाका लागि ३–२ ले विजयी भयो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved