पहिलो पटक अन्तराष्ट्रिय उपाधि उचाल्दा यस्ता देखिए मेस्सी (तस्बिरहरु)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 08:48:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । लामो समय अन्तराष्ट्रिय उपाधि विहिन बनेको अर्जेन्टिनाले २८ वर्षपछि कोपाको उपाधि उचालेको हो । 

कोपाको उपाधि उचालेसँगै विश्व फुटबलका सुपरस्टार एवम् अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीमाथि अन्तराष्ट्रिय उपाधि उचाल्न नसकेको आरोप तोडिएको छ । बार्सिलोनाबाट फुटबलका सबै उपाधि उचालेका मेस्सी पहिलो पटक देशका लागि अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जित्यो । अर्जेन्टिनाको जितमा खेलको २३ औँ मिनेटमा एंगेल डी मारियाल गरेको गोल नै निर्णायक बन्यो ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पटक फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन ।

मेस्सीले पहिलो पटक अन्तराष्ट्रिय कप उचाल्दाको क्षण विश्वभरीका मेस्सी र अर्जेन्टिनी समर्थकहरुले खुशीयाली मनाएका छन् । पटक पटक पराजय ब्यहोरेको रंगशालामै उपाधि उचाल्दा भावुकता मिश्रित खुशी खेलाडीहरुमा देखिएको छ । 

तस्बिरहरुः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved