१६ वर्षपछि मेस्सी र रामोस बिनाको एल क्लासिको, रोमाञ्चकतामा प्रभाव पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 03:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै चर्चित फुटबलको महाभिडन्तको रुपमा परिचित एल क्लासिको नजिकिँदै छ । सन् २०२१-२०२२ को सिजन सुरु भएपछिको पहिलो एल क्लासिको आगामी आइतबार हुँदैछ ।

स्पेनिस ला लिगाका परिचित प्रतिद्वन्दी बार्सिलोना र रियल मड्रिडले आइतबार नेपाली समय अनुसार रातको ८ बजे एक अर्काको सामना गर्दैछन् । तर, यस पटक एल क्लासिको धेरै फरक हुनेछ । इतिहाँसमा सबै भन्दा बढी एल क्लासिको खेलेका दुई खेलाडी यस पटक मैदानमा हुने छैनन् । 

यसपालीको एल क्लासिकोमा लियोनल मेस्सी र सर्जियो रामोस हुने छैनन् । समान ४५ एल क्लासिको खेलका यी दुई खेलाडी बिना नै यसपाली एल क्लासिको हुँदैछ । 

मेस्सी र रामोस दुवैले यसै सिजन स्पेन छाडेका हुन् । अहिले यी दुवै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा छन् । स्पेनमा हुँदा एक अर्काका कट्टर प्रतिद्वन्दी रामोस र मेस्सी अहिले एउटै क्लबमा पुगेका छन् ।

मेस्सी र रामोस नहुँदा एल क्लासिको खल्लो हुने अनुमान गरिएको छ । तर, एल क्लासिको पूरानो र सबै भन्दा राम्रो खेल भएकाले खेलाडी परिवर्तनले असर नपार्ने दाबी पनि हुँदै आएको छ । बार्सिलोना र रियल मड्रिडबीचको प्रतिष्पर्धा जहिल्यै ऐतिहासिक हुँदै आएकाले मेस्सी र रामोस नहुँदैमा यसको महत्व र रोमाञ्चकता नघट्ने दाबी रियलका स्टार स्ट्राइकर करिम बेन्जेमाको छ । उनले एक मिडियामा अन्तरवार्ता दिँदै यस्तो दाबी गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved