फिफाको ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक, मेस्सीसहित ११ खेलाडीबीच प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 09:39:00 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार ६ विधामा मनोनयन सार्वजनिक गरेको हो । 

मनोनयनमा पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् । मनोनयनमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । 

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्दै आएको छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved