फ्रान्स फुटबलसँग मेस्सीको माग, ‘लेवान्डिस्कीलाई २०२० को बालोन डी ओर दिईयोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 12:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी तथा फ्रेन्च क्लब पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले किर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जिते । सोमबार राति उनले आफ्नो फुटबलर करिअरको सातौँ बालोन डी ओर पाउँदा प्रमुख दाबेदार रोवर्ट लेवान्डिस्की दोस्रो स्थानमा सिमति भए ।

वर्ष २०२१ को बालोन डी ओर जितेपछि मेस्सीले लेवान्डिस्कीलाई सन् २०२० को बालोन डी ओर दिनुपर्ने धारणा राखे ।

गत वर्ष २०२० मा फ्रान्स फुटबल म्यागेजिनले कोरोनाको कारण बालोन डी ओर वितरण नगर्दा ठगिएका लेवान्डिस्कीले उक्त पाउनुपर्ने मेस्सीको माग छ । वर्ष २०२० मा यो अवार्डको मुख्‍य हकदार नै लेवान्डोस्की थिए । 

वर्ष २०२१ को बालोन डि ओर अवार्ड थापेपछि मेस्सीले भने, ‘गत वर्ष हामी सबैले रोवर्टलाई बालोन डी–ओरको हकदार स्वीकारेका थियौँ, फ्रान्‍स फुटबलले उनलाई त्यो अवार्ड दिनुपर्छ भन्ने मेरो माग छ ।’

लेवान्डिस्कीले गत सिजन ५५ गोल गरेका थिए । २०२०–२१ को सिजनमा उनले ४८ गोल गरेका थिए । यस वर्ष लेवान्डिस्कीले स्ट्राइकर अफ द इअर अवार्ड पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved