अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोद्वारा सन्यासको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 05:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड सर्जियो अगुएरोले सबै खालका खेलबाट सन्यासको घोषणा गरेका छन् । मुटुमा समस्या देखिएपछि पछिल्लो तीन महिना मैदान बाहिर रहेका नियमित उपचार गराएपनि निको हुने संकेत नदेखिएपछि उनले फुटबलबाटै सन्न्यास लिएका हुन् । 

गत अक्टावेर ३० मा स्पेनिस ला लिगामा एलाभेसविरुद्धको खेलपछि उनी मैदान बाहिर थिए । त्यतिबेला ३ महिना मैदान बाहिर रहने बताइएपनि अहिले आएर उनले फुटबलबाटै सन्यास लिएका हुन् । 

३३ वर्षीय अगुएरो यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना गएका थिए । बार्सिलोनामा उनले यो सिजन पाँच खेलमा एक गोल गरेका छन् । 

उनले म्यानचेस्टर सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि २३४ खेलमा १०२ तथा अर्जेन्टिना प्रिमेरा लिगमा इन्डिपेन्डिन्टेका लागि ५६ खेलमा २३ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि १०१ खेलमा ४१ गोल गरेका छन् ।

म्यानचेस्टर सिटीबाट ५ पटक प्रिमियर लिग, ६ पटक इएफएल कप, ४ पटक कम्युनिटी शिल्ड र १ पटक एफए कप जितेका अगुएरोले एट्लेटिको म्याड्रिडबाट १ पटक युरोपा लिग र सुपर कप जितेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved