एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिम फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 04:46:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली महिला भलिबल टोली उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । 

बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । 

फाइनल खेल उच्च मनोबलका साथ कुनै पनि सेट नगुमाई उपाधि जित्नेमा आशावादी रहेको नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टको दाबी छ । नेपालले अब उपाधिका लागि श्रीलंका वा उज्वेकिस्तानविरुद्ध खेल्नेपर्नेछ । लिग चरणमा नेपालले दुवै टोलीलाई हराइसकेकाले नेपाली टिमलाई दबाब नरहेको प्रशिक्षक भट्टको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved