स्पेनिस ला लिगा : रियलको कठिन जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 08:13:43 AM मा प्रकाशित

laxmi  sunrise bank

शीर्षटोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे । बेन्जेमाले ८३औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जारी लिगका बेन्जेकाको यो १९औं गोल हो । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमाले नौ असिस्ट पनि दिएका छन् । दोस्रो स्थानमा रहेका भिनिसियसको नाममा १३ गोल छ ।

प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा क्यासमिरोको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफ साइड दिएपछि रियल दबाबमा रह्यो । ६६ प्रतिशत बल पोसेसन राखेपनि रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । रियललाई कडा टक्कर दिएको रायो भालेकानोले गोल फर्काउन भने सकेन । रियलका गोलरक्षक थिअबाउट कोर्टूवा ‘म्यान अफ दि म्याच’ भए । 

जितसँगै रियलले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित रायो भालेकानो ३१ अंक सहित १२औं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन दुवै गोल रेनन लोडीले गरे । लोडीले ३६औं र ६०औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चौथो स्थानमा रहेको एट्लेटिकोले २६ खेलबाट ४५ अंक बनाएको छ । पराजित सेल्टा भिगो ३२ अंक सहित १०औं स्थानमा छ । अर्को खेलमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियाले मालोर्कालाई १–० गोलले हरायो । गेटाफे र अलाभेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved