ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारबाहीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 08:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसन फिफाको कारबाहीमा परेका छन। विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यी एसोसिएसनलाई जरिवाना तिराएको हो ।   

फिफाले ब्राजिलको फुटबल एसोसिएसनलाई, २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ, अर्जेन्टिनाको फुटबल एसोसिएसनलाई १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ र मेक्सिकोको एसोसिएसनलाई ७ हजार ७ सय ८१ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिराउने निर्णय गरेको छ।

समर्थकले भेदभाव तथा असहयोगी व्यवहार र समलिङ्गीको भावनामा ठेस पुग्ने खालको हुटिङ् गरेकाले जरिवाना तिराइएको फिफाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved