एएफसी एसिया कपको लागि टोली घोषणा: किरण, रोहित, विमल, अन्जन सहित १० सिनियर खेलाडी परेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 06:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

जुन ८ देखी १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङविना नै २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका हुन् ।

बन्द प्रशिक्षणमा रहेका बेला सेवा सुविधा पर्याप्त नभएको भन्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छाडेका १० खेलाडी विना प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन् । पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टकरावमा किरणले साथ दिएका थिए भने वैदेशिक व्यवसायिक खेलमा रहेका छन् ।

घोषणा गरिएको टोलीमा रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडीको नाम हटाइएको छ । होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अलमुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।

यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन । रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । एसिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन । नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै, दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved