यू–१९ विश्वकप छनोट खेलमा नेपाल मात्र ८ रनमै अलआउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2022 | 11:59:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल मात्र ८ रनमै अलआउट भएको छ ।  मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा पुरै विकेट गुमाउँदै मात्र ८ रन जोड्न सफल भएको हो।  

८ रन जोड्ने क्रममा नेपालका लागि स्नेहा महराले ३ रन बनाइन भने मनिषा रानाले २ रन जोडिन।  यता  किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् ।  बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।  

नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ ।  नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved