क्यानले क्रिकेट लीगको अधिकार भारतीय कम्पनीलाई दिएको विषयमा अख्तियारले थाल्यो छानविन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 02:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघ क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौताको विषयमा छानविन गरिरहेको जनाएको छ । अख्तियारले गत असार २० गते यस विषयको छानविनको लागि विस्तृत अनुसन्धान अधिकृत तोकेको छ 

अख्तियारले महाशाखा नम्बर ५का  बरिष्ठ इन्जिनियर अजय कुमार कंडेललाईलाई गत असार २० गते  विस्तृत अनुसन्धान अधिकृत तोकेको हो । यस संगै उनले छानविन सकेर आयोगमा ३ महिना भित्र राय सहितको प्रतिवेदन पेश गर्नु पर्ने छ । नेपाल क्रिकेट संघ क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौताको विषयमा छानविन गर्न आयोगमा बैशाख २६ गते बेनामी उजुरी परेको थियो। यसबारे सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ 

के हो घटना ?

नेपाल क्रिकेट एसोसियसनले भारतीय कम्पनीसँग सम्झौता गरेर नेपाल टी ट्वान्टी लीग प्रतियोगिता आयोजना गर्न खोजेको हो । एसोसियसनले गत वैशाख १२ गते एक पत्रकार सम्मेलन गरी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) कम्पनीसँग नेपाल टी ट्वान्टी आयोजना गर्ने विषयमा सम्झौता गरेको थियो । ८ वर्षका लागि लागू हुने उक्त सम्झौतामा भारतीय कम्पनी एस थ्रीले क्यानलाई ३३ करोड दिने उल्लेख छ ।

 सम्झौतामा उल्लेख भएको क्यान र एस थ्रीबीच कुनै विवाद आएमा भारतको कानूनअनुसार नयाँ दिल्लीमा निरुपण गर्ने विषय पनि विवादमा परेको छ । बुँदा नम्बर २१ मा 'यो सम्झौता भारतीय कानून अनुसार भएको छ' भन्ने वाक्यांश उल्लेखित छ । 

नेपाल टी-२० लिग आयोजनाका लागि क्यान र एस थ्री बीच २०७७ को माघमै नेपाल टी ट्वान्टी आयोजना गर्ने विषयमा ५१ पृष्ठ लामो सम्झौता भएको थियो । त्यतिबेलादेखि नै विदेशको निजी कम्पनीसँग नेपालको अख्तियार प्राप्त निकायले सम्झौता गरेको भन्दै विरोध भएको थियो ।

त्यतिबेला कोभिड १९ को महामारी बढिरहेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा आएको थिएन । नेपाल सरकारले लीग आयोजना गर्ने अनुमति पनि दिएको थिएन । तर गत वैशाखमा धनगढीमा भएको  क्यानको साधारण सभाले केही संशोधन र थपघट गरेर एस थ्रीलाई पूर्ण अधिकार दिने गरी नयाँ सम्झौता गरेको हो ।

उक्त सम्झौतामा नेपाल टी ट्वान्टी लीग आयोजना गर्नका लागि मात्र नभएर टी ट्वान्टीसहित नेपालमा हुने टी टेन, टी फिफ्टीन लगायत कुनै पनि क्रिकेट प्रतियोगिताको आयोजना अधिकार सेभेन थ्री स्पोर्ट्सलाई दिने उल्लेख गरिएको छ  

यससँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट आईसीसीबाट मान्यता प्राप्त भविष्यमा हुने कुनै पनि प्रतियोगितामा खेलाडी छान्ने, फ्रेन्चाइजी लिनेदेखि स्पोन्सर छान्ने अधिकारसम्म सेभेन थ्री स्पोर्ट्सलाई नै हुने सम्झौतामा उल्लेख छ । भारतको हरियाणा राज्यमा रहेको एस थ्रीले मिडिया अधिकार वितरणविश्वव्यापी खेलकुद लीगहरूको विकास र तिनीहरूको सिन्डिकेशनडिजिटल फ्यान संलग्नता कार्यक्रमहरूप्रायोजन मूल्याङ्कनसाझेदारी मार्केटिङकानुनी र अनुबन्धात्मक विषयइजाजतपत्रमल्टिमिडिया प्लेटफर्मखेलका लागि डिजिटल प्रस्तावहरू तयार गर्ने काम गर्छ 

सम्झौताअनुसार एस थ्रीले नेपाल टी ट्वान्टी आयोजनासँग सम्बन्धित विभिन्न कार्यहरू गर्ने गरी अधिकार दिइएको विषयलाई लिएर निजी क्लब संचालकहरू आक्रोशित बनेका छन् ।   क्यानले ३३ करोडको लोभमा फँसेर विदेशीलाई नेपाली क्रिकेटको सबै जिम्मा दिएको आरोप छ। उक्त सम्झौता सार्वजनिक खरिद ऐन २०६३ ले निर्दिष्ट गरेको प्रक्रिया भित्र नरहेको पनि बताईएको छ।

यसअघि ४ पटकसम्म एभरेस्ट प्रिमियर लीग नामको क्रिकेट प्रतियोगिता सफलतापूर्वक संचालन भइसकेको र त्यसमा सहभागी हुँदै आएका निजी कम्पनीहरूले भारतीय कम्पनीसँग एसोसियसनले गरेको सम्झौताको विरोध गरिरहेका छन् । गत जेठमा एभरेस्ट प्रिमियर लीग प्रालि, ललितपुर पेट्रियोट्स इन्टरनेसनल प्रालि, सगरमाथा स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलगायत ७ कम्पनीहरूले अदालतको ढोकासमेत ढकढक्याएका थिए ।तर सर्वोच्च अदालतले उक्त रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सम्झौता खारेजीको अन्तरिम आदेश भने दिएको छैन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आर्थिक प्रलोभनमा परी पारदर्शी प्रक्रिया नअपनाई एकतर्फी रूपमा भारतीय कम्पनीलाई सबै जिम्मा दिएको आरोप छ ।


यस अघि : ३३ करोडको 'लोभ'मा भारतीय कम्पनीलाई क्रिकेट लीगको जिम्मा, नेपाली कम्पनी आक्रोशित 

भारतीय कम्पनीसँगको सम्झौता रद्द गर्न माग गर्दै क्यानका बोर्ड सदस्यले राखेपलाई लेखे पत्र

चतुरबहादुरको चतुर्याइँ: बहुमत पुर्याउन वडासचिवलाई क्यानको बोर्डमा ल्याएर दोहोरो जिम्मेवारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved