विवादका बीच हुन लागेको नेपाल टि २० लिगमा जम्मा ४ टिम, ३ वटा विदेश कै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 04:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी २० लिगको टिमहरु घोषणा गरिएको छ । क्यानले आज पत्रकार सम्मेलन गरेको टोली घोषणा गरेको हो । 

जस अनुसार प्रतियोगितामा  ४ वटा टिमले सहभागिता जनाउने भएका छन् । जस अनुसार पहिलो टिम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको कान्तिपुर क्यापिटलको रहेको छ । यस टिमको बेस काठमाडौँ मै रहने छ । 

त्यस्तै दोस्रो टिम ओनर अमेरिकाको अल स्टार स्पोर्ट्स रहेको छ । यसको बेस लुम्बिनी र भैरहवामा रहेको छ । यो समुह नेपाली हरु सम्मिलित भई अमेरिकामा क्रिकेट क्रियाकलाप गरिरहेको छ ।

त्यस्तै तेस्रो टिम ओनर भारत राजास्थानमा रहेको गोल्ड स्पोर्ट्स प्राइभेट लिमिटेड रहेको छ । यसको बेस जनकपुर रहने छ । चौथो टिम वोनर भारत कै डायमण्ड डिजीक्याप स्पोर्ट्स प्रालि रहेको छ । यसको बेस बिराटनगर रहने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट एसोसियसनले  नेपाल टी २० लिग संचालन गर्नको लागि  भारतीय कम्पनीसँग सम्झौता गरेको हो । एसोसियसनले गत वैशाख १२ गते एक पत्रकार सम्मेलन गरी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) कम्पनीसँग नेपाल टी ट्वान्टी आयोजना गर्ने विषयमा सम्झौता गरेको थियो । ८ वर्षका लागि लागू हुने उक्त सम्झौतामा भारतीय कम्पनी एस थ्रीले क्यानलाई ३३ करोड दिने उल्लेख छ ।

क्यानको उक्त निर्णय विवादमा परिरहेको बेला क्यानले लिगको लागि टिम सार्वजनिक गरेको हो । यसबारे अदालतमा मुद्दा समेत विचाराधीन छ । 

विवादका बीच हुन लागेको यस प्रतियोगितामा नेपालमा कर्पोरेट हाउसहरुले इच्छा देखाएका छैनन् । प्रतियोगितामा  जम्मा ४ टिम रहनेमा  ३ वटा टिम नेपाल बाहिर कै छन् । 

यसअघि ४ पटकसम्म एभरेस्ट प्रिमियर लीग नामको क्रिकेट प्रतियोगिता सफलतापूर्वक संचालन भइसकेको र त्यसमा सहभागी हुँदै आएका निजी कम्पनीहरूले भारतीय कम्पनीसँग एसोसियसनले गरेको सम्झौताको विरोध गरिरहेका छन् । गत जेठमा एभरेस्ट प्रिमियर लीग प्रालि, ललितपुर पेट्रियोट्स इन्टरनेसनल प्रालि, सगरमाथा स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलगायत ७ कम्पनीहरूले अदालतको ढोकासमेत ढकढक्याएका थिए । तर सर्वोच्च अदालतले उक्त रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सम्झौता खारेजीको अन्तरिम आदेश भने दिएको छैन । 


यस अघि : 

क्यानले क्रिकेट लीगको अधिकार भारतीय कम्पनीलाई दिएको विषयमा अख्तियारले थाल्यो छानविन 

३३ करोडको 'लोभ'मा भारतीय कम्पनीलाई क्रिकेट लीगको जिम्मा, नेपाली कम्पनी आक्रोशित 

भारतीय कम्पनीसँगको सम्झौता रद्द गर्न माग गर्दै क्यानका बोर्ड सदस्यले राखेपलाई लेखे पत्र

चतुरबहादुरको चतुर्याइँ: बहुमत पुर्याउन वडासचिवलाई क्यानको बोर्डमा ल्याएर दोहोरो जिम्मेवारी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved