दोस्रो रामेछाप कप फुटबल प्रतियोगिताको तयारी पूरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 09:14:20 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लबले शनिबार पत्रकार सम्मेलन गरेर दशैँ र तिहारको अवसरमा मन्थलीमा आयोजना गर्न लागिएको प्रतियोगिताकाको तयारी पूरा भएको जनाएको हो ।

असोज १० देखि १५ गतेसम्म आयोजना हुने प्रतिस्पर्धामा नेपाल पुलिस, नेपाली सेनासहित विभिन्न जिल्लाका गरी १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले जानकारी दिए ।

प्रतियोगीताको विजेता टिमले ३ लाख ३ हजार रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुनेले २ लाख २ हजार र तेस्रो हुनेले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल २७ लाख ५६ हजार रुपैयाँ खर्च हुने गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved