टि २० क्रिकेट विश्वकप: फाइनल प्रवेशका लागि आज भारत र इङल्याण्ड भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 09:10:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी टि २० क्रिकेट विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । दोस्रो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार १:४५ बजे भारत र इंग्ल्यान्ड भिड्दै छन् । यो खेल मेलबर्नमा हुने छ ।

भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।  पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।  पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५३ रन, मोहम्मद रिजवानले ५७ रन तथा मोहम्मद ह्यारिसले ३० रन बनाए ।  

न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो  । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन  । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो  । 

सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको थियो।  साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको थियो । अब भने पाकिस्तानले फाइनल मै स्थान पक्का गरेको छ ।

 फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारतले इंग्ल्यान्डलाई पराजित गरेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । 

 डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved