घरेलु टोलीलाई हराउँदै साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 06:31:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । 

डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । नेपालका लागि गोलकिपर सुजाता तामाङ नायिका बनिन् । उनले पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बन्यो । 

४ खेलबाट ३ जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । आजको अन्तिम खेलमा नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो । तर, बंगलादेशका लागि जित आवश्यक थियो ।

खेल १–१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पायो । तर, नेपालकी गोलरक्षक सुजाताले बचाइन् । 

खेलको १४औं मिनेटमा सुशीला केसीको गोल मार्फत नेपालले अग्रता लिएको थियो । 

दोस्रो हाफमा घरेलु टोली बंगलादेशका लागि कप्तान रुमा अख्तरले ५४औं मिनेटमा बराबरी गोल फर्काइन् । 

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी नेपालकी कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाईन् । 

नेपाल, बंगलादेश र भुटान गरी ३ देश सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । 

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालको यो पहिलो उपाधि हो । यसअघि ३ संस्करण खेल्दा पछिल्लोपल्ट सन् २०१९ मा नेपाल तेस्रो भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved