रोनाल्डो साउदी अरेबियन क्लबमा आवद्द, वार्षिक २४ अर्ब पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2022 | 09:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा आवद्द भएका छन् । रोनाल्डोले उक्त क्लबमा नम्बर ७ को जर्सी पाएका छन् । हिजो शुक्रबार क्लबले रोनाल्डोसँग सम्झौता गरेको हो ।


रोनाल्डोले साढे २ वर्षको लागि क्लबसँग सम्झौता गरेका हुन् । सम्झौता अनुसार उनले वार्षिक ७५ मिलिनर डलर पाउने छन् । यो रकम नेपाली रुपैयाँ अनुसार वार्षिक २४ अर्ब ७० करोड बराबरको हो ।


३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ थिए।  टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका थिए । 


 यस अघि रोनाल्डोलाई नैगेरिया कै अर्को क्लब अल हिलालले ३०५ मिलियर डलर अर्थात् ४० अर्ब बढीको प्रस्ताव गरेको थियो ।  तर, आफु म्यानचेस्टर युनाइटेड मै खुसि रहेको भन्दै रोनाल्डोले त्यस समय उक्त प्रस्ताव अस्विकार गरिदिएका थिए । अहिले भने रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा ७५ मिलियन डलरमा आवद्द भएका हुन्  ।


यस क्लबले ९ पटक नाजेरियाको लिग जितेको छ । रोनाल्डोलाई ३०५ मिलियन डलरको प्रस्ताव गरेको अल हिललले सर्वाधिक १८ पटक लिग जितेको छ । अल नासर लिगको दोस्रो सफल क्लब हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved